डा. बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उहाँहरूबीच प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार मध्यान्ह भेटघाट भएको हो ।

भेटको क्रममा भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनअन्तर्गत नै रहेकाले नयाँ सरकार गठन र शक्ति बाँडफाँडमा समेट्न प्रस्ताव गर्नुभएको छ । यस विषयमा प्रधानमन्त्री देउवा सकारात्मक रहनुुभएको बताईएको छ।

भट्टराईले पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताउँदै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?