सुभा । सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । संसद्ले शनिबार उहाँ निर्वाचित भएको घोषणा गर्नुभएको हो । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुनुहुन्छ । रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गर्नुभएको छ । संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गर्नुभएको हो ।
फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो । गठबन्धनपछि राबुकाले विजय हासिल गर्नुभएको हो । योसँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उहाँले सन् २००६ मा सैन्य ‘क’ूद्वारा सत्ता कब्जा गर्नुभएको थियो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच