पर्यटन : नयाँ सरकार, पुराना चुनौती

Read Time = 13 mins

✍️ सन्दीप पौड्याल

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रबाट लाभ लिन सकिने प्रचुर सम्भावना छ । विशेषतः प्राकृतिक सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका सम्पदा हुन् । यस्ता सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्नु जरुरी रहेको छ । सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिए । तर, कोभिड-१९ का कारण पछिल्लो दुई वर्ष त्यो संख्या अढाई लाखसम्म खुम्चियो । तर, पछिल्लो एक वर्षयता नेपालमा फेरि विदेशी पर्यटकको चहलपहल बढेको छ । तर, जुन रूपमा पर्यटक भित्रनुपर्ने हो त्यो अझै भित्रन सकिरहेको अवस्था छैन । कोभिड-१९ को जोखिम कम भएपछि नेपालमा पर्यटन व्यवसाय तंग्रिने अपेक्षा थियो । तर, राज्यले पर्याप्त पूर्वाधार र प्रवद्र्धनको क्षेत्रमा चासो नदिँदा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन नसकेको सम्बद्ध पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीले सहुलियत दरमा कर्जाको प्रवन्धसँगै पर्यटन प्रवद्र्धनमा ध्यान दिन सरकारसँग माग गर्दै आएका छन् ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्तिम समयमा गएर स्थगित गर्‍यो । त्यसको कारण पनि कोभिड-१९ नै हो । त्यो समयमा सरकारले भ्रमण वर्ष २०२० का लागि प्रचार प्रसारमा करोडौँ रकम खर्च गरिसकेको थियो । उक्त समयमा केपी शर्मा ओली नेतृत्वको सरकार रहेको थियो । तर, अहिले शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकारले देश चलाइरहेको छ । यस्तोमा पर्यटनसम्बन्धी पुराना समस्यालाई समाधान गरेर नयाँ योजना ल्याउने काम नयाँ सरकारको काँधमा थपिएको छ । नेपालको पर्यटन क्षेत्रप्रति विश्वकै चासो रहने गरेको छ । किनभने यहाँका पर्यटकीय क्षेत्र सबै अग्र्यानिक हुन् । बाहिरी देशमा आर्टिफिसियल रूपमा पर्यटकीय गन्तव्य बनाएर पर्यटक तान्नुपर्ने अवस्था छ । तर, नेपालमा त्यो अवस्था छैन । यहाँ रहेका पर्यटकीय गन्तव्य सबै प्राकृतिक हुन् । मात्र यहाँ स्रोत साधानको खाँचो छ । जसमा पछिल्ला समय स्थानीय सरकारले पनि विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । तर, यसमा सहयोग केन्द्र सरकारको पनि हुनु जरुरी छ ।

सरकार निर्माण सत्ता गठबन्धनबाटै हुने देखिएको छ । त्यसमा पनि अहिलेकै सरकारले निरन्तरता पाउने देखिन्छ । सत्ता गठबन्धनमा सामेल राजनीतिक दलसहित विपक्षी दलहरूले आफ्ना प्रतिबद्धता पत्रमा पर्यटन क्षेत्रको विकास प्राथमिकतामा राखेका छन् । जसमा गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पुर्‍याउने रहेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा अहिले प्रमुख आम्दानीको स्रोत भनेकै पर्यटन हो । जुन कुरा पछिल्ला वर्षहरूबाट प्रमाणितसमेत भइसकेका छन् । त्यसैले पनि अहिले गाउँगाउँमा होटल र होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । यस्तोमा राज्यले थप हौसला प्रदान गर्नु जरुरी छ ।

हुन त सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारिसकेको छ । जसमा सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई ‘नेपाल पर्यटन दशक’को रूपमा मनाउने घोषणा गरेको छ । यो एउटा राम्रो पक्ष हो । यस्तै, मुलुकमा हालै आम निर्वाचन उत्साहपूर्वक सम्पन्न भयो । जसमा सत्ता गठबन्धनमा सामेल राजनीतिक दलसहित विपक्षी दलहरूले समेत आफ्ना प्रतिबद्धता पत्र जारी गरे । त्यसमा पनि पर्यटन क्षेत्रको विकास प्राथमिकता रहेको थियो । जसमा गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै पर्यटकको संख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पु¥याउने रहेको छ । त्यो पनि अर्को राम्रो पक्ष हो । यसमा अबका चुनौती भनेको स्थिर सरकार र सरकारमा नेतृत्वले गर्नेले कस्ता योजनाहरू ल्याउँछन् त्यो महत्वपूर्ण कुरा हो ।

हुन त अहिलेको अवस्था हेर्दा सरकार निर्माण सत्ता गठबनधनबाटै हुने देखिएको छ । त्यसमा पनि अहिलेकै सरकारले निरन्तरता पाउने देखिन्छ । सत्ता गठबन्धनमा पनि देशकै ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नो चुनावी संकल्प पत्रमा आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्‍याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने महत्वाकांक्षी योजना बनाएको छ । यता, नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पुर्‍याउने प्रतिबद्धता जनाएको छ । तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रतिबद्धता पत्रमा समावेश गरेका छन् । जसले गर्दा अबका दिनमा जसको सरकार बने पनि नेपालमा पर्यटन क्षेत्रको विकास भने द्रुत गतिमा हुने देखिन्छ ।

नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ को ११ महिनामा झण्डै साढे पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका अनुसार नोभेम्बरमा ७२ हजार ६५३ जना पर्यटक भित्रिएका छन् । नोभेम्बरमा नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । तथ्यांकअनुसार भारतबाट २० हजार ५३२ जना पर्यटक नेपाल भित्रिएका हुन् । त्यस्तै, सो अवधिमा अमेरिकाबाट सात हजार ८३१, बेलायतबाट पाँच हजार १६५, अष्ट्रेलियाबाट तीन हजार ३७५, बंगलादेशबाट दुई हजार २१८, क्यानडाबाट एक हजार १८४ र चीनबाट एक हजार ३८ जना पर्यटक भित्रिएका छन् ।

अर्कोतर्फ नेपालमा घरवास पर्यटन (होमस्टे) पनि पुरानै लयमा फर्किन थालेको छ । कोभिड-१९ को महामारीसँगै सुस्ताएको घरवास पर्यटन पुरानै लयमा फर्किएको हो । घरबास पर्यटन पछिल्लो समय विदेशी पर्यटकले भन्दा पनि स्वदेशी पर्यटकले धानेका छन् । ‘आफ्नै गाउँ आफैँ बनाऊँ’ भन्ने नारासहित सुरु भएको घरबास पर्यटन अहिले देशभर गरेर (संस्थागत रूपमा दर्ता भएका) १५ सय बढी रहेका छन् । कुनै बेला गण्डकी जिल्लामा मात्र रहेका घरबास यसरी बढ्नुमा पर्यटकको उल्लेख वृद्धि भएको मान्न सकिन्छ । जसबाट पनि स्थानीय स्वरोजगार बनेका छन् । अझ भन्नुपर्दा महिला आत्मनिर्भर बनेका छन् । गण्डकी प्रदेशमा सबैभन्दा धेरै घरबास रहेका छन् । हाल यहाँ ६ सय भन्दाबढी घरबास सञ्चालनमा रहेको नेपाल होमस्टे महासंघले जनाएको छ । महासंघका अनुसार केही घरबास थपिने क्रममा रहेको छ ।

नेपालमा २०१९ मा हवाई मार्ग भएर एक लाख तीन हजार २७ पर्यटक नेपाल भित्रिएकोमा २०२२ मा ७२ हजार ६५३ जना विदेशी पर्यटक हवाई मार्ग भएर भित्रिएका थिए । पछिल्लो ६ महिनायता हरेक महिनाजसो पर्यटक आवागमन उत्साहजनक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यही अक्टोबर महिनामा मात्र ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो २०२२ कै अरू महिनाको भन्दा बढी हो । सबैभन्दा बढी विदेशी पर्यटक भारत, बंगलादेश र अमेरिकाबाट नेपाल आएका छन् ।

नेपालको पर्यटन क्षेत्रप्रति विश्वकै चासो रहने गरेको छ । किनभने यहाँका पर्यटकीय क्षेत्र सबै अग्र्यानिक हुन् । बाहिरी देशमा आर्टिफिसियल रूपमा पर्यटकीय गन्तव्य बनाएर पर्यटक तान्नुपर्ने अवस्था छ । तर, नेपालमा त्यो अवस्था छैन । यहाँ रहेका पर्यटकीय गन्तव्य सबै प्राकृतिक हुन् ।

नेपालको पर्यटन क्षेत्रलाई नियाल्दा अहिलेको आँकडा उत्साहजनक नै लिन सकिन्छ । अझ पर्यटकीय सिजन सुरु भएकाले पक्कै यो आँकडा बढ्ने देखिन्छ । कोभिड पछाडिको पर्यटन क्षेत्रलाई बढाउन पर्यटन सम्बद्ध संघसंस्थाले जुन हिसाबले काम गरिरहेका छन् (सरकारी तवर) अझ भनौँ नयाँ सरकारले विशेष योजनासहित हातेमालो गर्नु जरुरी छ । नयाँ सरकारले पुराना सरकारले गरेका राम्रा कामलाई पनि निरन्तरता दिन जरुरी छ ।

अबका सरकारले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा सिधा हवाई सेवा सुचारु गर्नेतर्फ ध्यान दिनु जरुरी छ । यस्तै, हवाई सिटको व्यवस्थापन गर्नु, हवाई भाडा सहुलियत दरमा प्रदान गर्नु, विदेशी पर्यटकलाई उपलब्ध गराइने सेवा सुविधा बारेमा पर्याप्त सूचना प्रवाह गर्नु र स्वदेश भित्रका होटल, होमस्टे र ट्राभल, टुर अपरेटरबीच सञ्जाल स्थापना गर्न जरुरी छ । यस्तै, नयाँ पर्यटकीय स्थलहरूको पहिचान गरी ती क्षेत्रमा पूर्वाधारको एकीकृत र समन्वयात्मक रूपमा विकास गर्न पनि आवश्यक छ । यसका लागि पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष पहल गरी नीति, रणनीति र कार्यनीति बनाई कार्यान्यवन गर्नु गराउनुपर्छ । (पौड्याल हिमालय टाइम्स अनलाइन संस्करणको सम्पादक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?