यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 1 min

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  सोमबार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५५ रुपैयाँ, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३६ रुपैयाँ ६७ पैसा गान्टे मुला ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ ६७ पैसा, तिते करेला ९६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?