माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताउनु भयो ।

उहाँले यसअघिको नेपाली काँग्रेस सँगको गठबन्धनमा काँग्रेसले सहमति अनुसार काँग्रेसले धोका दिएको बताउनु भयो । उहाँले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भएपनि काँग्रेस राष्ट्रपति त प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताउनु भयो । उपाध्यक्ष महराले बैठकमा समसामयिक परिस्थितिको पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीदहरुप्रीत श्रद्धाञ्जली, साथै हाम्रो पार्टीका अध्यक्ष कमरेड तथा नवनियुक्त प्रधानमन्त्री कमरेड प्रचण्डले आजै माओ दिवसको अवसर परेको माओको योगदानको बारेमा व्याख्या गर्नुभयो । हामी शौभाग्शाली छौं, हाम्रो माओवादी पार्टी, माओको जन्मदिन आजै शपथग्रहण । दोस्रो समसामयिक परिस्थितिको व्याख्या विश्लेषण गर्नुभयो । हामी १२ बजेसम्म प्रयास गरिरहेका छौँ । त्यो बेलासम्म पनि हामीलाई पहिला अवसर नदिने भएपछि हामी अर्को गठबन्धन बनाएका हौँ । राष्ट्रपति पनि नदिने र प्रधानमन्त्री पनि नदिने भनेपछि हामी अर्को वकल्पमा गएका हौँ । अर्कोतिर समझदारी भएर प्रधानमन्त्री हामीले प्राप्त गर्‍यौं । हामीले धैर्यताका साथ कुरेका थियौँ तर अडान नछोडेपछि हामीले विकल्प खोजेका छौँ । यसमा कुनै अनौठो मान्नुपर्दैन । आज ४ बजेको शपथपछि सानो मन्त्रीपरिषद् बन्छ । हाम्रो पार्टीका तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री बन्नुहुन्छ ।’

उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथग्रहण पछि आज नै सानो मन्त्रीपरिषद् गठन हुने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?