टाटाको मेगा सर्भिस क्याम्प सुरु

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । केन्द्रहरूमध्ये तीनवटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोेल्टीमोडमा र बाँकी नौवटा उपत्यकाबाहिरका पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौंडा, सर्रा, धनगढी र नेपालगञ्जमा रहेका छन् ।

बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेशनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजितनारायण सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्तरूपमा क्याम्पको उद्घाटन गर्नुभएको थियो ।

तीनदिने क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने र जाँच गराउँदा विभिन्न आकर्षक छुट प्रदान गरिने कम्पनीले जनाएको छ । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्स खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेकअप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निःशुल्क प्रदान गरिनेछ । क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको चार हजार नगद फिर्ताको व्यवस्थासमेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?