यी हुन् वलीउडमा सबैभन्दा पहिले बिकिनी लगाउने अभिनेत्री

Read Time = 2 mins

काठमाण्डौं । दीपिका पादुकोणले चलचित्र पठानको गीत 'बेशरम रंग'मा लगाएको भगवा रंगको बिकिनीलाई लिएर यतिखेर वलिउडमा तहल्का मच्चिइरहेको छ । वलिउडमा अहिले बिकिनी लगाएर फिल्म खेल्नु वा फोटोसुट गर्नु सामान्य भैसकेको छ ।

फिल्म र फोटोसुटको अलावा वलिउड सेलेब्सहरु आफ्नो छट्टी मनाउदा समेत विकिनीमा फाेटाेसुट गर्नेगरेका छन ।

धेरै कम मानिसलाई थाहा छ होला की वलिउडमा सबैभन्दा पहिले बिकिनी लगाउने अभिनेत्री को हुन् भनेर । ६० को दशककी हिट अभिनेत्री अर्थात् डिम्पल गर्ल सर्मिला टेगोरले वलिउडमा सबैभन्दा पहिले बिकिनी लगाएर फोटो सुट गरेकी थिइन । उनले त्यो बेला आफ्नो बिकिनी रुप सार्वजनिक गरिन्, जुन बेला भारतमा महिलाहरुले पुरै शरिर ढाकिने खालका कपडा लगाउने गर्थे ।

त्यो समयमा टेगोरको उक्त फोटोले भारतमा तहल्का मच्चाएको थियो । आफुले गरेको फोटोसुटका कारण बिवादमा परेपछि अभिनेत्री टेगोरले आफ्नो फैसला गलत भएको बताएकी थिइन । टेगोर पछि वलिउडमा थुप्रै अभिनेत्रीहरुले बिकिनीमा फोटोसुट गरेका थिए ।

अभिनेत्री टेगोर चर्चित अभिनेता सेफ अलि खानको आमा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?