बीच भलिबलः नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काभा बीच पुरुष भलिवल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २-० को सोझो सेटमा हराएको हो ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन् ।

आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?