एकीकृत समाजवादीलाई एमालेमै फर्काएर संसद्को ठूलो दल बन्ने ओलीको योजना

माधव नेपालले थाले जुम मिटिङ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकता प्रक्रिया अघि बढाउने तयारी थाल्नुभएको छ ।

एमाले नेतृत्व तहबाट नै मिलेर जान प्रस्ताव आएपछि र आफ्नो दलको राजनीतिक भविष्य नै संकटमा पर्ने भएपछि अध्यक्ष नेपाल एकता प्रक्रिया अघि बढाउनेगरि छलफलमा जुट्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि मुलुकको राजनीति नयाँ ढंगले अघि बढेको छ । पुनः वामपन्थीहरुको वर्चश्व सरकारमा देखिएको छ । प्रधानमन्त्री दाहालले आज माधव नेपालसँग भेट गरेर सरकारमा सहकार्यको लागि प्रस्ताव गरिसक्नुभएको छ ।
एमाले नेताहरुले माधव नेपाललाई पूरानो घर एमालेमा फर्कन दबाब दिएका छन् । एकीकृतका पनि अधिकांश नेताहरुले एमालेसँग एकताको लागि अहिले नै उपयुक्त समय भएको भन्दै मिल्न दबाब दिन थालेका छन् ।

उच्च स्रोतकाअनुसार नेपालले आजैबाट त्यसको लागि पहल थाल्नुभएको छ। अध्यक्ष नेपालले जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्जसहित पदाधिकारीहरूसँग आगामी यात्राबारे जुम बैठकमार्फत परामर्श गरिरहनुभएको छ।

जुम बैठकमार्फत समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी आदान–प्रदान र जिल्लाका नेताहरूको राय–सुझाव लिइने बताइएको छ ।

एमालेले पनि एकीकृत समाजवादीलाई एमालेमा फर्काएर संसद्को पहिलो ठूलो दल बन्ने रणनीति लिएको छ । अहिले एमालेसँग ७८ सांसद छन् । माधव नेपालका १० सांसद थपिए ८८ पुग्नेछ । र, दुई जना स्वतन्त्र सांसदहरुलाई जोड्नेगरि छलफल अघि बढेकोले एमाले ९१ सिटसहित संसद्को पहिलो दल बन्ने रणनीतिमा छ ।

प्रधानमन्त्री दाहालले यही पुष २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो अधिवेशन बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् । त्यो भन्दा अघि नै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर सहमति गर्ने बुझिएको छ । आजमात्रै एमाले पोलिटव्युरो सदस्य  महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटेर पार्टी एकता र सहकार्यको प्रस्ताव राखेका छन् । जसमा नेता नेपालले सकारात्मक जवाफ दिएको बस्नेतको दाबी छ ।

पूर्वमन्त्री बस्नेतले नेपालका सम्पूर्ण कम्युनिष्ट विचारधारा बोक्ने पार्टीलाई एकतावद्ध बनाएर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियान शुरु थालिएको बताउनु भयो ।

यतिबेला एमाले ७८ सहित संसदमा दोस्रो रहेका बेला एकीकृत समाजवादीका १० र स्वतन्त्रका ३ जना सांसद एमालेमा समाहित गराएर ९० पुर्याउने र संसदको सबैभन्दा ठूलो दल एमाले बन्ने गरि गृहकार्य भइरहेको छ ।

एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र समेत रहनुभएका नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल, कम्युनिष्ट विचार राख्ने स्वतन्त्र सांसद प्रभु शाहलगायतलाई गोलबद्ध गरी देशको सवैभन्दा शक्तिशाली पार्टी निर्माणको अभियान शुरु गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?