‘तिम्रो मेरो साथ’ शीर्ष गीत ‘झिलमिल झिलमिल’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘तिम्रो मेरो साथ’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यही २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको शीर्ष गीतमा चलचित्रका दुई मुख्य पात्र पुष्प खडका र साम्राज्ञी राज्यलक्ष्मी शाह लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर छ भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको छ । सवीर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञीसँगै इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकार को अभिनय छ ।

सविर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ । पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?