स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई गृहको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन दिएको छ ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामाबाहेक विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै गृहमन्त्रालयले सुरक्षाकर्मी र पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिन निर्देशन दिएको हो ।

अन्यथा विभागीय कारबाही हुने गृहले चेतावनीसमेत दिएको छ ।

गृहमन्त्रालले जारी गरेको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?