बेंसीसहर । लमजुङको मर्स्याङदी गाउँपालिका ८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् ।
घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच