बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भइरहेको छ ।

सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाउनु भएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । दुई घण्टादेखि चलिरहेको छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?