सरकारमा जाने/नजाने आज निर्णय लिँदै एकीकृत समाजवादी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने अथवा नजाने आज निर्णय गर्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

स्थायी कमिटी बैठक बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गर्नुभएको थियो ।

प्रचण्डको आग्रहपछि नेपालले पार्टी भूगोल कमिटीका अध्यक्ष र इन्चार्जसँग भर्चुअल बैठक गर्नुभएको थियो । बैठकबाट सरकारमा सहभागी हुनपर्ने र सहभागी हुन नहुने मिश्रित सुझाव आएको थियो ।

बैठकले त्यसबारे निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?