सिंजाद्धारा नराकोट स्वास्थ्य चौकीमा ल्याब सहितको भिडियो प्रयोगशाला संचालन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याब सहितको भिडियो एक्सरे प्रयोगशाला संचालनमा ल्याएको छ ।

आइतबार स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दै पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो,“सो स्वास्थ्य चौकीमा सुधिवा सम्पन्न ल्याब प्रयोगशाला स्थापना गरी संचालनमा आएको छ ।

सो प्रयोगशालामा चाहिने जनशक्तिको खुल्ला प्रतिस्पार्धाबाट व्यवस्थापन भइसकेको छ । अब भिडियो एक्सरेकै लागि बाहिर गएर खर्च गर्नु पर्देन । पालिका हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने स्थानीय सरकार लागि परेको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा ल्याब सहितको भिडियो एक्सरे प्रयोगशाला संचालनमा आएपछि यहाँका स्थानीयवासिलाई निकै राहत पुग्ने नराकोट स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा स्रोत साधनको अभावले स्वास्थ्यकर्मीलाई काम गर्न कठिन भएको जनगुनासो आएपछि उक्त स्वास्थ्य प्रयोगशाला स्थापना गएिको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाँउकै स्वास्थ्य चौकीमा ल्याब सहितको भिडियो एक्सरे प्रयोगशाला स्थापना भएकोले अब यहाँका नागरिकलाई सहज हुनेदेखी समय र पैसाको समेत बचत हुने सिंजा गाउँपालिका स्थानीयवासि बताउँछन् । सिंजाका नागरिकको अपेक्षा अनुुसार वडामै गएर योजना सम्मझौता देखी गाउँ केन्द्रित स्वास्थ्य सेवा दिन थालेको पालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिनुभयो । यसअघि पालिकाले वडा नंं. २ मा प्रसूति गूह र वडा नं. ६ मा आधारभुत स्वास्थ्य चौकी समेत स्थापना गरिसकेको सिंजा गाउँ पालिका अध्यक्ष धितालको भनाइ छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधि,समाजसेवी,पत्रकार सुरक्षा निकाय,कर्मचारीहरुको सहभागी रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?