पुस २१ देखि अन्तर्राष्ट्रिय फुटवेयर मेला

Read Time = 2 mins

काठमाडौं । जुत्ता चप्पलसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपालमा पहिलोपटक हुन लागेको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने आयोजक नेपाल जुत्ता उत्पादक संघले जानकारी दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक सुरज बञ्जाडेले देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने बताउनुभयो ।

मेलाले स्वदेशी उत्पादनलाई बाहृय बजारमा समेत विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । मेलामा विदेशी कच्चा पदार्थ, मेसिनरी र प्रविधिसहित ४० भन्दा बढी कम्पनी स्टल र नेपाली फुटवेयरका ९० कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ । संघका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरीपैठारीका कारण समस्या भएको भन्दै चोरीपैठारी, न्यून विजकीकरण, दक्ष जनशक्ति अभाव र अनियन्त्रित सस्तो जुत्ता आयातले स्वदेशी उद्योग प्रभावित भएको गुनासो गर्नुभयो ।

संघका अनुसार नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको संख्या एक हजार पाँच सय रहेका छन् भने नेपाली उद्योगले वार्षिक पाँच करोड जोर जुत्ता चप्पल उत्पादन गर्दै आएका छन् । त्यस्तै, ३० अर्बभन्दा बढीको लगानी र चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?