सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् ।

सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो ।

जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनायो, जुन अझै सञ्चालनमा छ ।

टेलिस्कोपको मुख्य लक्ष्य ताराहरूको जीवन चक्र अध्ययन गर्नु रहेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?