माधव भण्डारीको ‘हल्ला चले चल्ला’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक माधव भण्डारीको नयाँ गीत हल्ला चले चल्ला सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक भएको हो । कुमार रानाको मिक्सिङ तथा माष्टरिङ रहेको सार्वजनिक गीतमा भण्डारीलाई बविना किरातीले स्वरमा साथ दिनुभएको छ ।

होम धितालको निर्देशन रहेको गीतको भिडियोमा लोमश शर्मा, सरिता दानकुटी र सुजल भण्डारीको अभिनय छ । शिव विकको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन छ । गीतको भिडियो भण्डारीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?