काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखााका अनुसार प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने भएकाले सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच