अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । ट्विटरका प्रमुख एलन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरूसहित २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न माग गरेको खुलासा गरेका छन् । उनले पत्रकार म्याट ताइबीद्वारा सार्वजनिक गरिएको ‘ट्विटर फाइलहरू’ को पछिल्लो चरण सेयर गर्दा सो  खुलासा गरेका हुन् ।

‘अमेरिकी सरकारी एजेन्सीले पत्रकार र क्यानाडाका अधिकारीसहित २ लाख ५० हजार अकाउन्ट खाताहरू निलम्बन गर्न माग गर्‍यो’, मस्कले ट्वीट गरे ।

आन्तरिक ट्विटर पत्राचारको नयाँ रिलिजले सोसल मिडिया कम्पनी र सरकारी एजेन्सीबीचको सम्बन्धको विवरण दिन्छ । ताइबीले प्लेटफर्ममा रुसी हस्तक्षेपको खोजी गर्न कांग्रेससँग हात मिलाएर काम गर्न ट्विटरमा अमेरिकी सरकारको बढ्दो र अनन्त दबाबको खुलासा गरेको फक्स न्युजले रिपोर्ट गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?