प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण र आफ्नै बोझले थिचिएको छ : कांग्रेस प्रवक्ता महत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार स्वाभाविक नभएको दाबी गर्नुभएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको उहाँले बताउनु भयो ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उहाँले बताउनु भयो । उहाँले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताउनु भयो ।

डा महतले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने पनि बताउनु भयो । उहाँले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिनुभयो ।

महतले भन्नुभयो, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन । ’

उहाँले यो गठबन्धन सरकारको आयु लामो नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको छ यो गठबन्धन आफ्नै बोझबाट थिचिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?