आइएमई पेको क्यासब्याक अफर

Read Time = 1 min

काठमाडौं । आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । आइएमई पे र आइएमई लाइफ इन्सोरेन्सबीच सोसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार आइएमई लाइफका सेवाग्राहीले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाउनेछन् । सो अवसरमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले सम्झौतासँगै डिजिटल वालेटमार्फत बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

प्रयोगकर्ताले भुक्तानीपछि एक हजार रुपैयाँ बोनस तुरुन्तै पाउनुका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?