देशभरका उत्कृष्ट साना किसान पुरस्कृत

Read Time = 3 mins

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघको १५औँ वार्षिक साधारणसभामा देशैभरका कृषकलाई सम्मान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित साधारणसभामा साना किसान कृषि सहकारी संस्थामार्फत् उत्कृष्ट कार्य गर्ने डडेल्धुरा शीर्ष साना किसान कृषि सहकारी संस्थाका लालसिंह राउटेलाई उष्कृष्ट किसानका रूपमा पुरस्कृत गरिएको छ ।

त्यस्तै, धादिङका चेतबहादुर गाइने, धनुषाकी बिनादेवी महरा चमार, भुटीदेवी मुसहर्नी, ललितादेवी दास, झापाकी फूलमुनी हेमरम सतार, इलामकी सङ्मीत लाप्चा र चितवन शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोजबहादुर तामाङ पनि पुरस्कृत हुनुभएको छ ।
उत्कृष्ट सञ्चालक पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्थाकी निवर्तमान अध्यक्ष किरणकुमारी चौधरीलाई प्रदान गरिएको छ ।

पुरस्कृत गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गरेर जग्गाको खण्डीकरण र बस्ती विस्तार रोक्नुपर्ने बताउनुभयो । सामूहिक खेतीमार्फत् कृषि उद्यमशीलता बढाउन सके व्यापारघाटा कम गराउन सकिने उहाँको भनाइ छ । साथै उहाँले नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने पनि बताउनुभयो ।

संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल आन्तरिक पुँजी ६२ अर्ब ९२ करोड पुगेको, सदस्य संस्थाले सेयर लगानी गरेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट लिइएको ऋण ३१ अर्ब ३७ करोड रहेको जानकारी दिनुभयो । संस्थाको जम्मा पुँजी ९३ अर्ब ८९ करोडमध्ये ८० प्रतिशत रकम महिलाको व्यवस्थापनमा साना किसानको घरदैलोमा परिचालन भएको उहाँले बताउनुभयो । हालसम्म संस्थाले देशका ७६ जिल्लाका १२ लाख परिवारका ६० लाख सदस्यमा संस्थाले पहुँच विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?