अल नासर च्याम्पियन्स लिगमा छनोट

Read Time = 3 mins

साउदी । साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । प्लेअफको खेलमा ८७ औँ मिनेटसम्म २-१ ले पछाडि परेपछि अन्तिम १० मिनेटमा ३ गोल गर्दै अल नासरले जित हात पारेको हो । अल नासरको जितमा एन्डरसन टालिस्काले दुई तथा सुल्तान अल-घानाम र मार्सेलो ब्रोजोभिचले एक-एक गोल थप्नुभयो । पराजित शबाब अल-अहलीका लागि याहृया अल-घासानीले दुई गोल गर्नुभयो ।

खेलको ११औँ मिनेटमा अल नासरका टालिस्काले ब्रोजोभिचको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यसको सात मिनेटपछि अल-अहलीले गोल गर्दै खेललाई बराबरीमा आएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल-अहलीले खेलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा याहृया अल-घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो ।

सुल्तान अल-घानमले ८८औँ मिनेटमा अयमान याहृयाको क्रसमा शक्तिशाली हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । थपिएको समयको छैटौँ मिनेटमा टास्लिकाले अयमान याहृयाको क्रसमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अग्रता दिलाउनुभयो । त्यसको दुई मिनेटपछि मार्सेलो ब्रोजोभिचले गोल गर्दै अल नासरलाई जित दिलाउनुका साथै एएफसी च्याम्पियन्स लिग छनोट गराउनुभयो । पराजित अल-अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगष्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित आठ टोलीको टुंगो लागेसँगै अब अगष्ट २४ मा समूह चरण ड्र हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?