काठमाडौं । चलचित्र पत्रकार संघको ९औँ महाधिवेशन आगामी फागुन १७ गते आयोजना हुने भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।
संघले अधिवेशनअगाडि दुईदिने अर्थात् माघको १३ र १४ गते काठमाडौंमा कार्यशालासमेत आयोजना गर्ने जनाएको छ । संघका सदस्यहरूको क्षमता वृद्धिका लागि भन्दै कार्यशाला गर्न लागेको चलचित्र पत्रकार संघले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
२४ नयाँ सदस्यको आवेदन स्वीकृत, ६० वर्ष नाघेका सदस्यका लागि मासिक ६ हजार सामाजिक भत्ताको समेत निर्णय गरेको संघले माघ १५ गतेभित्र पुराना सदस्यलाई सदस्यता नवीकरण गर्नसमेत विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका