फेसन डिजाइनर संगठित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फेसन डिजाइनरहरूको हकहित र विकासका लागि फेसन डिजाइनर सेन्टर स्थापना भएको छ । सेन्टरको नवगठित कार्यकारिणी समिति अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासचिवमा मुक्ता श्रेष्ठ, सचिवमा रमिला नेमकुल, कोषाध्यक्षमा अनु श्रेष्ठ, सदस्यमा मिशु श्रेष्ठ, सुष्मा सिंह, मनिश राई र बिनी बज्राचार्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष राजेश धाख्वाले सेन्टरले फेसन उद्योग, फेसन व्यापार, फेसन शिक्षाको विकास, यस क्षेत्रमा नयाँ प्रविधि प्रयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासका लागि भूमिका खेल्ने बताउनुभएको छ । फेसन व्यवसायसँग सम्बन्धित संस्था र विशेषज्ञलाई सेन्टरमा समेटेर फेसन डिजाइन उद्योगलाई अझ सशक्त बनाउने र उनीहरूको अधिकार र हकहितको रक्षा गर्ने योजना रहेको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सरिता तुलाधरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत व्यावसायिक आबद्धता तथा सक्रिय उपस्थिति जनाई नेपाल र नेपालीको इज्जत, मान, प्रतिष्ठा अभिवृद्धि गराउन संस्था स्थापना गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?