कामनाद्वारा वित्तीय साक्षरता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्‍याउने उद्देश्यले कामना सेवा विकास बैंकले भदौ ९ गते शाखा कार्यालय भोटाहिटीमार्फत् अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशस्थान कुमारी पूजामा सहभागी बालबालिकाबीच वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्य निर्माणका लागि सानैदेखि बचतको महत्व र बचतको बानी बसाल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारीले बालबालिकालाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालनसम्बन्धी जानकारी, झोलालगायत सामग्री वितरण गरेका थिए ।

यसैबीच बैंकले नवलपरासीको बर्दघाटस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्यज्योति बहुमुखी क्याम्पसलाई आइतबार दुई थान एयर कन्डिसनर हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले क्याम्पसका अध्यक्ष पुण्यप्रसाद पौडेललाई एयर कन्डिसनर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारी र विद्यार्थीको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?