दैलेखमा पेट्रोलियम अन्वेषणको विकल्प छैन् : अध्यक्ष ओली

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दिर्घकालीन लक्ष्य प्राप्ति र दैलेख जिल्लालाई समृद्धिको मार्गमालिनका लागि दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमबार बिहान दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पेट्रोलियम अन्वेषणको काम आफ्नै पालमा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनुपर्ने बताउनुभयो ।

‘दैलेख पुरातात्त्विक महत्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले थप्नुभयो, ‘हाम्रै (एमाले) नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउँनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’ अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धीको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिदैँ खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिने कुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताउनुभयो ।

उत्खनन गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खननको काम गर्दा दोस्रो तहमो ग्याँसका रेखाहरु देखिएको नापितले उल्लेख गर्नुभयो ।

‘चीनियाँ कम्पनीले गरेको शेष्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो’ नापितले भन्नुभयो, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना यहाँ (दैलेख) निकै राम्रो सम्भावना देखियो ।’ पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुसँगै उत्खनन स्थलमा पुग्नु भएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितलाई अध्ययन प्रतिवेदन हस्तारण गर्नु भएको छ ।

देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननको अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन् स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्वेषणको काम शुरु भएको थियो ।

दैलेख जिल्लाको भू-भागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।

सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने उद्घोषका साथ शुरु भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौ दिन आज दशकौ देखि ज्वाला बलिरहेको दैलेखको शिरिस्थान मन्दिरको अवलोकन र दर्शन गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?