एकीकृत कारोबारका लागि ग्लोबल दुई दिन बन्द

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बिओके)ले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकीकृत कारोबार लागि दुई दिन बैंकिङ कारोबार बन्द रहने बताइएको छ । तर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत् हुने रेमिट्यान्स सेवा भने यथावत् रहने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक र बिओके मर्जरसँगै पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक र बिओके मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्ब आठ अर्ब, कुल कर्जा तीन खर्ब ७६ अर्बभन्दा बढी पुग्ने बताइएको छ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकतर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बिओकेतर्फबाट दुईजना रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने बैंकले जनाएको छ ।

२१ बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा पाँच वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंक मर्जरपछि कुल तीन सय ६५ शाखा, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ, ६१ विस्तारित शाखा, तीन विदेशस्थित सम्पर्क कार्यालय पुग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?