सनराइजलाई फ्रन्टलाइन हस्पिटलमा छुट

Read Time = 2 mins

काठमाडौं । सनराइज बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ । सनराइज तथा फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले सनराइज बैंकको क्रेडिट, डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत् फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् । बैंकका ग्राहकले फ्रन्टलाइनको ओपिडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपिडी फार्मेसीमा सात प्रतिशत र शल्यक्रिया शुल्कमा पाँच प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?