विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज(शनिबार) बस्दै छ । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गर्नुभएको थियो ।

सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?