दादुरा महामारी नियन्त्रणका लागि नेपालगञ्जमा खोप अभियान सुरु

फाइल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बाँके । बाँकेमा दादुराको महामारी नियन्त्रणमा लिन प्रभावित वडाहरुमा दादुरा विरुद्धको खोप अभियान संचालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ५, ७ र ८ मा दादुरा विरुद्धको खोप अभियान संचालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

शुक्रवार र शनिवार १ हजार २ सय ५० जना बालबालिकालाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक जागेश्वर वस्नेतले बताउनु भयो । उपमहानगरका ७ वटा वटा मध्ये बढि प्रभावित वडाहरुमा खोप अभियान सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार ती वडाहरुमा अझै धेरै बालबालिकाले खोप लगाउन बाँकि रहेको छ ।

रिपोर्ट अनुसार वार्ड न ५ मा ६ महिना देखि १५ वर्ष सम्मका १ हजार ४ सय ८८, वार्ड न ७ मा १ हजार २१ जना र वार्ड न ८ मा १ हजार २ सय ६१ जना बालबालिका मध्ये सुक्रवार र सनिवार जम्मा १ जहार २ सय ५० जनाले मात्रै खोप लगाएका हुन । खोप संचालन अभियान जारी रहने खोप सुपरभाइजर नरेश श्रेष्ठले हिमालय टाइम्सलाई बताउनु भयो । अन्य वडाहरु १०,११,१५ र २२ मा पनि छिटटै खोप अभियान सुरु गरिने छ ।

दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन । दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगर पालिका ५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेमा खोप सुपरभाइजर नरेश श्रेष्ठले हिमालय टाइम्सलाई बताउनु भयो । उहाका अनुसार सिकिस्त रहेका बालकको थप उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

खोप संचालन भएतापनि नेपालगञ्ज उपमहानगरपालिका संग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका र आसपासका पालिकाहरुमा विरामी खोज्ने, चेक जाच गर्ने काम पनि जारी रहेको छ । अहिले नेपालगञ्ज उपमहानगरपालिकाका ५,७,८,१०,११,१५,र २२ गरी ७ वटा वडाहरु प्रभावित बनेका छन । ती क्षेत्रहरुमा तत्कालै विरामीको थप उपचार र नया विरामीको खोज अभियान पनि चलिरहेको बताइएको छ ।
एउटा टोल वस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । सरकारले सन २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Krishna
Krishna
2023-01-07 9:11 pm

Congratulations Sir

रिलेटेड न्युज

छुटाउनुभयो कि ?