‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तीजका गीत सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा विपिन केसीको शब्दमा सजिएको ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक गरिएको छ । गीत कृष्ण केसीले एरेन्ज गर्नुभएको हो । युवा व्यवासायी समेत रहनुभएका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय हुनुहुन्छ । यसपटक सार्वजनिक उक्त गीतमा जय देवकोटा, रेजीना परियारको संयुक्त आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा चर्चित मोडल शंकर बिसी, उषा सुवेदीलगायत कलाकारको बेजोड प्रस्तुति देख्न सकिन्छ ।

खदन खड्का, शिव जी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गर्नुभएको हो । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गर्नुभएको हो । १२ मिनेटभन्दा लामो गीतको म्युजिक जय देवकोटाले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?