विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 2 mins

पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरको सवैभन्दा विकट तथा दुर्गम रहेको याङवरक गाउँपालिका- २ को बर्मे गाउँमा रहेको तिम्बुपोखरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई चिसोबाट बच्न न्यान्यो कपडा तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

जिल्लामा क्रियाशिल संस्था जनसेवा समाज पाँचथरको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरको समुदाय प्रहरी साझेदार कार्यक्रमअन्तर्गत ति विद्यार्थीहरूलाई चिसोबाट बच्न ति सामाग्री प्रदान गरिएको हो ।

चिसोको समयमा हिउँ पर्ने त्यस भेगमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयमै लगेर स्वीटर, टाउजर, टोपी, मोजा तथा स्टेशनरी सामाग्री वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।

अन्यन्तै विकट रहेको उक्त विद्यालयमा यातायातको साधन पनि नपुग्ने पैदल यात्रा गर्नुपर्ने,हिड्ने गोरेटो बाटो पनि अप्ठेरो र भिरको यात्रा गर्नुपर्ने रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?