मलेसियामा बन्धक नेपालीलाई उद्धार गर्न सरकारले थाल्यो पहल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मलेसियामा गोरखाका पाँच जनासहित १९ जना नेपालीलाई बन्धक बनाइएको छ । उनीहरू अहिले उद्धारको पर्खाइमा छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिया पुगेका उनीहरू आठ दिनदेखि बन्धक छन्।

बन्धक भएका युवाहरूले तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्। उनीहरू स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिए सहज हुने आशामा छन्।

सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीबाट मलेसिया गएका उनीहरू काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारीरिक यातना दिने गरेका विषयमा गुनासो गरेपछि कम्पनीबाट निकालिएका थिए। साथै आफूहरूलाई बन्धक बनाइएको पनि पीडितहरूले बताएका छन् ।

यसैबीच, नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । समाचार सार्वजनिक भएपछि सरकारले उनीहरूको उद्धारका लागि पहल सुरु गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे हुनुहुन्छ । उहाँहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?