एमाले, कांग्रेस, माओवादीकाे कार्यकर्ता नभएकै कारण रेशम चौधरीलाई झुठा मुद्दा लगाइयो : रञ्जिता श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन उहाँले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको बताउनु भयो ।

चौधरीकी पत्नीसमेत रहनुभएकी उहाँले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराउनु भयो । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उहाँले न्यायका नाम ज्यादती गर्न नपाइने बताउनु भयो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उहाँले आरोप लगाउनु यभो । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दोष रहेको बताएको स्मरण गराउँदै उहाँले चौधरीको न्यायका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?