चीनमा व्यापक बन्दै कोरोना, हेनान प्रान्तका ९० प्रतिशत मानिसमा संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोरोना संक्रमित भएका छन् ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस कोरोना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् ।

गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोरोना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।

सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोरोना संक्रमण दर बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?