प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिनुभयाे । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने या नहुने विषयमा कुनै निर्णय नभएको उहाँले बताउनुभयाे ।

‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उहाँले भन्नुभयाे, ‘तर, सरकारमा सहभागी हुने नहुने विषयमा कुनै पनि निर्णय भएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैहुनुहुन्छ । प्रतिनिसभामा लोसपाका चारजना सांसद रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?