कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराउनु भयो ।

बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताउनु भयो । पूर्णप्रतिनिधिसभाको कार्यकालको विपरीत एमाले अध्यक्ष केपी ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएका देउवाले ओलीको अभिव्यक्तिले संवैधानिक व्यवस्थाप्रति चुनौती थपिएको बताउनु भयो ।

देशको अर्थतन्त्र उकास्ने काममा सरकार लाग्नुपर्ने सुझाव दिएका उहाँले संविधानको मर्म र भावनाअनुसार सबैले काम गरेर संविधानको रक्षा गर्नुपर्ने बताउनु भयो । हिजो संसद विघटनबारे एमाले अध्यक्ष केपी ओलीले बचाउ गरेपछि देउवाले खण्डन गर्दै प्रचण्ड विश्वासको मत दिने घोषणा गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?