सुपर हेवा पावरले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । सुपर हेवा पावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरका ११ लाख ५४ हजार तीन सय ६० कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका अध्यक्ष हर्कबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । सुपर हेवा पावर कम्पनी संखुवासभाको चैनपुर नगरपालिकामा छ मेगावाटको आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?