कर्णाली सरकारका लागि दाबी पेश गर्ने समय सकिँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत। कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गर्नुभएको थियो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।

माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारीमा हुनुहुन्छ। सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १४ सिटका साथ प्रतिपक्षमा बस्ने भएको छ। कर्णालीमा माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एकजना छन् ।

केन्द्रमा भएको सहमतिअनुसार कर्णालीमा एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?