मिस इको इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै रक्षा

Read Time = 1 min

काठमाडौं । ‘मिस इको इन्टरनेशनल २०२३’ मा रक्षा उप्रेतीले नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।

बुधबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमबीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रूपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाइदिनुभएको थियो ।

ADVERTISEMENT

गतवर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । आगामी फेब्रुवरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ । मिस इको इन्टरनेशनलमा २०१५ देखि नेपालले प्रतिनिधित्व गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?