भीमेश्वर नगरको आन्तरिक आय दुई करोड ३८ लाख

हिमालय टाइम्स
Read Time = 3 mins

-नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाको आन्तरिक आय दुई करोड ३८ लाख बढी रहेको पाइएको छ । नगरको आर्थिक वर्ष २०७९/८० को आन्तरिक आय बापतको रकम सो रकम राजश्वको रुपमा उठेको पाइएको हो ।

भीमेश्वर नगरको गत आर्थिक वर्षको कुल आन्तरिक आय दुई करोड ३८ लाख आठ हजार चारसय एकावन्न रुपैया रहेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुभयो । नगरले गत आर्थिक वर्षमा तीन करोड तीन लाख ६० हजार आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा यो आय ६५ लाख ५१ हजार ५४९ रुपैयाँ कम रहेको छ ।

गत आर्थिक वर्षमा नगरपालिकाले सबै भन्दाबढी भूमिकर वापत ६६ लाख ४२ हजार तीनसय सात रुपैयाँ राजश्व संकलन गरेको छ भने सबैभन्दा कम रेडियो एफ एम संचालन कर शीर्षकमा बापत आठ हजार छ सय रुपैयाँ राजश्व संकलन गरेको भीमेश्वर नगरपालिकाको तथ्यांक छ ।

घरबहाल कर वापत ५१ लाख पाँच हजार ३८२, सिफारिस दस्तुर वापत ३८ लाख ६८ हजार ९१३ रुपैयाँ तथा नक्सापास दस्तुर वापत १७ लाख ७३ हजार ८८९ रुपैयाँ राजश्व प्राप्त भएको सूचना अिधकारी अर्यालले बताउनुभयो । यसैगरी अन्य सेवा शुल्क विक्रिबाट १९ लाख ४२ हजार एक सय बयासी, सरकारी सम्पत्तिको बहालबाट १४ लाख १५ हजार ८९७, अन्य कर बापत दुई लाख १४ हजार ७११ तथा प्रशासनिक सेवा शुल्क वापत ६ लाख ६१ हजार ५२२ रुपैयाँ राजश्व प्राप्त भएका अर्यालको भनाइ छ ।

यस्तै ब्यक्तिगत घटना दर्ता दस्तुर वापत तीन लाख १३ हजार सातसय, नाता प्रमाणित दस्तुर बापत एक लाख तीन हजार चारसय, धरौटी सदरस्याहा वापत तीन लाख , बीमा दावी वापत एक लाख ४० हजार तथा ब्यावसाय कर वापत १३ लाख २८ हजार २४६ रुपैयाँ राजश्व प्राप्त भएको भीमेश्वर नगरपालिकाको तथ्यांक रहेको पाइएको छ ।

लामो समय सम्म जग्गाका किक्ता काट रोकिनु, आर्थिक मन्दिका कारण ब्यापार ब्यावसायमा बृद्धि नहुनु, घर निर्माण कम हुनु लगायतका कारणले नगरपालिकाले लक्ष्य अनुसार आन्तरिक आय उठाउन नसकेको सूचना अधिकारी अर्यालको भनाई रहेको छ । गत आर्थिक वर्षमा आन्तरिक आय उठाउने लक्ष्य पूरा नभएपछि चालु आर्थिक वर्षमा भने भीमेश्वर नगरपालिकाले लक्ष्य घटाउँदै तीन करोड दुई लाख ६० हजार आन्तरिक आय उठाउने लक्ष्य राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?