नेपालद्वारा आयरल्यान्डसामु २६९ रनको लक्ष्य प्रस्तुत

तस्वीर : इपीएस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको प्रतिस्पर्धामा नेपालले टेस्ट मान्यताप्राप्त आयरल्यान्डसामु २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६९ रन जोडेको हो । नेपालले सम्मानजनक स्कोर बनाउने क्रममा गुल्सन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरेका थिए।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४२ बल खेल्दै ५७ रन बनाउँदै अविजित रहे । उनले चार चौका र तीन छक्काको मद्धतमा ५७ रन बटुलेका थिए । गुल्सनले २२ एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्नेक्रममा तेस्रो अर्धशतक बनाएका छन् । सन्दीप लामिछानेले ३० बल खेल्दै ३२ रन बनाए ।

यस्तै अर्जुन साउतले ४८ रन बनाए,  कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाउँदा कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन र दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९.७ को अवस्थामा हुँदा सन्दीप र गुल्सनले उल्लेख्यनीय प्रदर्शन गरे ।

आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अडेयर, क्रेग योङ्गले २/२ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले १/१ विकेट लिए ।

अहिले आयरल्यान्डले जवाफी ब्याटिङ गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?