‘शिवम्सँग उपहार टन्न’ पहिलो चरणका विजेता

Read Time = 4 mins

काठमाडौं । शिवम् सिमेन्टद्वारा सञ्चालित शिवम्सँग उपहार टन्न उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत कम्पनीले पहिलो महिनाको भाग्यशाली उपभोक्तातर्फ ३० र बिक्रेतातर्फ ४० जनाको नाम घोषणा गरेको छ । मंसिर १८ गतेदेखि सञ्चालनमा रहेको नेपालकै सर्वाधिक धनराशिको उपहार योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।

सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था रहेको थियो । पहिलो महिनाको लक्की ड्रमा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत बागमती-पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यकाबाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्याण्ड भ्रमण अवसर प्राप्त गरेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानान्तर निर्माण सेवाका चार जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेका छन् ।

तेस्रो पुरस्कारअन्तर्गत छजना बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथो पुरस्कारबापत आठजनाले हिराको औंठी तथा अन्य १० जोडीले माउन्टेन फ्लाइट उपहारस्वरूप जितेका छन् । छोटो समयमा उत्साहजनक सहभागिता जनाई योजना सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवारले उपभोक्ता, ग्राहक र वितरकलाई धन्यवाद दिएको छ । योजनाअन्तर्गत स्योरसट पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेगा लक्की ड्रमार्फत् अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

नेपालकै एकमात्र असली ओपिसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथ अनि उहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवं वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र बिक्रीमार्फत् यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धतासमेत कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?