खानेपानीको गुणस्तर मापनमा दियालो

Read Time = 3 mins

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तर मापन गर्न सक्ने भएका छन् । स्मार्ट वाटर प्रविधिअन्तर्गत एक सेन्सरमार्फत् खानेपानी समितिमात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

दियालो टेक्नोलोजिजले विकास गरेकोे प्रविधिले खानेपानी क्षेत्रलाई पूर्णरूपमा अटोमेशन गर्दै लगिरहेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घर–घरमा स्मार्ट मिटर रिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणाली विकास गरेको छ ।

जसमा खानेपानीको गुणस्तरमात्र नभई खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार काठमाडांैकोे टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणाली लागू गर्न देशभरका खानेपानी समिति उत्सुक देखिएका हुन् । सोही क्रममा कम्पनीले मंगलबार मोरङको उर्लाबारीमा रहेका सबै खानेपानी समितिबीच एक कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत पिआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगा खरेलले पानीजस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागू गर्न आग्रह गर्नुभयो । कम्पनीले हालसम्म करिब छ सयवटा खानेपानी समितिलाई डिजिटलाइजेशन गरिसकेकोे जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?