धादिङको धुवाँकोटमा १८ हल गोरु जुधाइने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

माघेसक्रांतिको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट स्थित भंगेरीमा १८ हल गोरु जुधाइने भएको छ ।
संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबको आयोजनामा माघेसक्रांतिको दिन माघ १ गते गोरु जुधाई र कृषि मेला तथा हस्तकलाका सामाग्री प्रदशनी हुन लागेको हो । विशेष गरी धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी विगतमा भन्दा झनै प्रभावकारी रुपमा गोरू जुधाई कार्यक्रम आयोजना गर्न लागिएकोे संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष गोरु जुधाई कार्यक्रमलाई ४ समुह बनाई १८ हल गोरु जुधाईने श्रेष्ठको भनाई छ । जसमा पहिलो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमश १२ हजार र १० हजार दोस्रो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमश १० हजार र ८ हजार, तेस्रो विजेता र उप विजेता गोरुधनीले क्रमश ८ हजार र ६ हजार चौथो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमश ४ हजार र २ हजार पाउने छन् । यस्तै प्रति गोरु १० केजी चामल र १ लिटर तेल गोरुधनीलाई प्रदान गरिने आयोजकले जनाएको छ । कृषि तथा हस्तकलाका सामाग्री पर्दशनीमा सहभागीहरुलाई प्रति स्टल १ हजार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

यस्तै नुवाकोटको तारुकेमा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसक्रांति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सक्रांति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचना अनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिनुभयो ।

गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधि समेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरु लगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । तत्कालीन बझाङ्गी राजा विक्रम बहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा वि सं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो ।

माघेसंक्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडि देखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समिति मार्फत नेतृत्व लिइएको हो । गोरु जुधाउन आधुनिकता भित्रन नदिइ मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसङ्क्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ । किसानले गोरु जोत्न छाडेर ट्र्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?