भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा निमित्त प्रमुख रहेका वेला अख्तियारले अनुसन्धान थालेको थियो । हाल भूमि आयोगका अधिकृत रहेका पोखरेलमाथि एक करोड ६ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ ।

अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेललाई पनि प्रतिवादी बनाएको छ । अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?