गम्भीर रोगको खतराबाट जोगिन शारीरिक सम्पर्क

Read Time = 3 mins

काठमाडौं । शारीरिक सम्पर्कले मानिसहरुलाई गम्भीर रोगको खतराबाट जोगाउँछ । शारीरिक सम्बन्धले मानव जीवनमा स्वास्थ्यलगायत विशेष महत्व समेत राख्दछ । अझ वैवाहिक जीवनलाई सुखमय बनाउन यसले निकै महत्वपूर्ण भूमिका खेल्छ । जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन, दुईबीचको सम्बन्धलाई अझ स्थापित र प्रगाढ बनाउन यसको महत्व अधिक रहने कुरा विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेका छन् ।

साइकोलोजिष्टले भनेका छन् स्ट्रेस कम गर्न र आफूलाई रिल्याक्स अनुभूत गराउनका लागि महिलाहरु केही खान वा मेकअप गर्न सुरु गर्दछन् । तर पुरुषहरु भने यौनसम्पर्क गर्न या पोर्न चलचित्र हेर्न मन पराउँछन् । महिलाहरु पहिलाको कुरा गर्न रुचाउँछन् ब्रिटिस साइकोलोजिकल सोसाइटी डिभिजन अफ क्लिनिकल साइक्लोजी इन लीवरपूलमा भएको एक सम्मेलनमा यो कुराको खुलासा गरेको थियो ।

यसैगरि सेक्स तनाव कम गर्ने उत्तम उपाय हो । यौनसम्पर्कको समयमा उत्पादन हुने एण्डोर्फिनले पुरुषलाई खुसी बनाउन मद्दत गर्दछ । पुरुषहरुमा यौन इच्छा धेरै हुने गर्दछ त्यसैले पनि तनावसँग लड्नका लागि यौनसम्पर्क एक राम्रो उपाय हुन जान्छ ।

यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ। तनावका कारण पुरुषलाई इरेक्टाइल डिसफङ्शन हुने सम्भावना हुन्छ। तनावले पुरुष र महिलाको यौन स्वास्थ्यलाई असर गर्छ।

अनुसन्धानकर्ताले सेक्स र मुटु रोगलाई जोड्दै एक अनुसन्धान गरेको छ । अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अनुसन्धानमा बताइए अनुसार जो पुरुष कम सेक्स गर्छ, उसमा मुटुरोगको खतरा बढ्नुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि बढ्ने गर्छ । यो अनसन्धानमा बताइए अनुसार जो पुरुष यौन रुपमा सक्रिय हुन्छन् उनीहरु शारीरिक परिश्रम पर्ने काम गर्न सक्रिय हुन्छन् जसका कारण उनीहरु स्वस्थ पनि रहन्छन् ।

 -एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?