बेनीघाट रोराङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो शहीद स्मृति बृहत् खेलकुद प्रतियोगिता २०७९ हुनेभएको छ । आगामी माघ ३ गतेबाट माध्यमिक विद्यालयहरूका लागि स्थानीय तहस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो शहीद स्मृति बृहत् खेलकुद प्रतियोगिता २०७९ हुन लागेको हो ।

प्रतियोगिताका लागि बेनीघाट रोराङका दुईवटा निजीसहित १२ वटा माध्यामिक विद्यालय सहभागी हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्लाका लागि उत्कृष्ट खेलाडी छनोट गरिनेछ । खेलकुद क्षेत्रको विकास गर्न गाउँपालिकाले यसअघि विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?